याेगासन गर्दै ओलीले भने- योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित छ (भिडिओ) – Nepal Press

याेगासन गर्दै ओलीले भने- योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् ।

योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागि मार्गनिर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन् । उनले योगले मान्छेभित्र रहेका खराब तत्वहरुलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राखे ।

योग अनुशासित पवित्र जीवन भएको भन्दै उनले योग मानव मष्तिस्क स्वस्थ रहोस् भन्ने कुरासँग पनि सम्बन्धित रहेको उनको भनाइ छ । उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तराष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर