राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु
नेपाल प्रेस
२०७७ पुष ६ गते १२:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका बारेमा बैठकमा छलफल हुनेछ । राप्राले यसअघि नै विघटनको विरोध गरेपनि थप धारणा र रणनीति बनाउन कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।
साथै बैठकमा सांगठनिक र सक्रिय सदस्य निर्देशिका, महाधिवेशनको तयारी र आगामी संघर्षका कार्यक्रमबारे छलफल हुने जनाइएको छ । बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर र प्रकाशचन्द लोहनीबाट विभिन्न प्रतिवेदनहरु प्रस्तुत हुँदैछ।
प्रतिक्रिया