दिउँसो ३ बजे देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन
नेपाल प्रेस
२०७७ पुष ६ गते १३:२४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटनको निर्णय र त्यसप्रश्चात उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्न खोजेका हुन् ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया