नेकपामा ओहोर दोहोर तीव्र, शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किए
काठमाडौं । नेकपा विभाजनसँगै नेताहरुले गुट हेरफेर गर्ने क्रम पनि तीव्र भएको छ ।
कार्की पार्टी प्यालेसको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ बालुवाटार फर्के लगत्तै सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरवहादुर तामाङ प्रचण्ड माधव पक्षमा लागेका छन् ।
तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने भएका छन् । उनकी पत्नी उषाकला राईले ओली पक्षले गरेको मनोनयन अस्वीकार गरेकी थिइन् ।
सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।
तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ ।
बेइज्जत गरेर मन्त्री बाट धपाइएका शेर बहादुर तामाङ शेर नै रहेछन!निर्दोष मन्त्री रुदै मन्त्रालय छोडेर गएको कसरी आफ्नो अपमान भुल्नु !