चिनियाँ टोलीले भेटघाट थाल्यो
काठमाडौं । नेकपा विभाजनबारे चासो राख्दै आइतबार अपराह्न काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहित चार सदस्यीय टोलीले बेलुकी ५ बजे राष्ट्रपतिलाई भेटेर आफ्नो काम शुरु गरेको छ ।
त्यसअघि दूतावासमा काठमाडौंस्थित विभिन्न चिनियाँ पदाधिकारीसँग उपमन्त्री गुओको टोलीले परामर्श गरेको थियो ।
स्रोतका अनुसार आजै बेलुकी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीसँग र त्यसलगत्तै प्रचण्ड-माधव समूहसँग भेट्ने कार्यक्रम तय भएको छ ।
तर, प्रचण्ड-माधव समूहसँगको भेटस्थल र समय गोप्य राखिएको छ । ‘आज सबै पक्षका कुरा सुन्ने र भोलि थप छलफल गर्ने कुरा छ’ दूतावास स्रोतले जनायो ।