यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख दिने बिचौलिया पक्राउ
नेपाल प्रेस
२०७७ पुष २३ गते १३:०४
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख दिने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका – १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१० घर भएका २४ वर्षीय बाल कृष्ण खत्री रहेका छन् । उनले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेर सेवाग्राही दुख दिने गरेका थिए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया