बलिदानी दिवस मनाउने जनमत पार्टीको तयारी
नेपाल प्रेस
२०७७ पुष २९ गते १४:१२
जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको लहानमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ ।
मधेस आन्दोलनका क्रममा ०६३ माघ ५ गते लहानमा रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा लहानमै १४ औं बलिदानी दिवस मनाउने तयारीमा जनमत पार्टीका नेता कार्यकर्ता जुटेका छन् ।
यसअघि मधेसवादी दलले सरकारमा रहँदा सहिद महतोलाई सम्झिने गरेको थियो । तर पछिल्लो समय उपेन्द्र यादवको नेतृत्वको पार्टीले समेत लहानमा बलिदानी दिवस मनाउन छाडेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर