सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन
![](https://www.nepalpress.com/wp-content/uploads/2021/01/download-2.jpg)
काठमाडौं । सरकारले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संघ, संस्थालाई निर्देशन दिएको छ ।
इन्टरनेट सेवाका सम्बन्धमा चर्को गुनासो आईरहेका बेला सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाग्राहीलाई सन्तुुष्ट हुने गरी सेवा प्रवाह गर्न सेवा प्रदायक संघ, संस्थालाई सचेत गराएका हुन् ।
उनले इन्टरनेट सेवा प्रदायक संस्थाले गुणस्तरीय सेवा प्रवाह गरे–नगरेको अनुुगमन गर्न नेपाल दूरुसञ्चार प्राधिकरणलाई सचेत समेत गराए ।
‘टावर राखिएका होलान्, अप्टिकल फाईबर बिच्छयाउने काम पनि गरिएको होला,’ आज सिंहदरबारमा आयोजित इन्टरनेट सेवा प्रदायक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले भने, ‘तर ग्राहकलाई सन्तुष्ट बनाउने गरी सेवा सेवा प्रवाह गर्न नसकेको यथार्थलाई स्विकार गरेर सेवा प्रवाहको कामलाई गुणस्तरीय बनाउन इन्टरनेट सेवा प्रदायक संघ, संस्थालाई आग्रह गर्दछुु ।’
मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो र गुुणस्तरीय बनाएर जनतालाई खुसी बनाउने सरकारको लक्ष्य रहेको बताउँदै त्यसै लक्ष्यलाई पूरा हुने गरी सेवा प्रदायकले काम गर्नुपर्ने पनि स्पष्ट पारे ।
उनले ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार पार्ने गरी पूर्वाधार निर्माणका लागि पूूर्वाधार कम्पनी स्थापना गर्ने योजना सार्वजनिक गर्दै त्यसमा साथ दिन निजी क्षेत्रका सेवा प्रदायक संघ, संस्थालाई अनुरोध पनि गरेका छन् ।
दूर्गम क्षेत्रमा कोभिड–१९ पछि इन्टरनेट सेवाको आवश्यकता झन बढेर गएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसै अनुसारको योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।
उनले इन्टरनेट सेवाको विस्तार तथा गुणस्तरीय सेवाका लागि आवश्यक सुुझाव दिन सेवा प्रदायक संघ, संस्थालाई पटक–पटक ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा एनसेल, वल्र्डलिंक, सुविसुु केवल नेटलगायतका इन्टरनेट सेवा प्रदायक संघ, संस्थाले सस्तो र गुुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक वातावरण बनाई दिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् ।