सुर्खेतमा लागुऔषधसहित दुई पक्राउ
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/12/crime-pakrau.jpg)
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार माघ १६ गते विहान दश बजे वीरेन्द्रनगर वडा नं ४ एकताटोलबाट बाँके जिल्लाको खजुरा गापा वडा नं ८ घर भएका २८ वर्षका सदाम खाँ र २८ कै सब्बीर खाँलाई नियन्त्रणमा लिइएको हो ।
‘उनीहरुले आफ्नो कोठामा लाऔ (ब्राउनसुगर) बिक्री वितरण समेतको कार्य गर्दै आएको छ भन्ने गोप्य सुचनाको आधारमा लागू औषध व्यूरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटी गएको प्रहरी टोलीले निजको शरीर तथा डेरा कोठा खानतलासी गर्दा कोठाको उतर पूर्व कुनामा पराल थुपारेको उक्त पराल मुनी १०पुडिया (क्वाटर), ब्राउनसुगर जस्तो देखिने जस्तो धुलो पदार्थ बरामद गरेको हो ।’
डिएसपी घर्तिले नेपालप्रेसलाई भने, ‘नापतौल गर्दा प्लाष्टिक सहित ४७० मिलीग्राम र प्लाष्टिक बाहेक शुद्ध नापतौल गर्दा ३६० मिग्राम, लाऔब्राउन सुगर र सोही नजिकै नाईट्राभेटाम १७ वटा ट्याब्लेट नगद १७,८५० रुपेंया बरामद गरेक हों ।’
उनीहरुबाट एक थान नोकिया सादा मोबाईल फेला पारी थिप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।