चन्द्रागिरी हिल्सको शेयर कारोबार आगामी साताबाट
काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर आगामी साताबाट कारोबारमा आउने भएको छ ।
हिल्सले गत ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको चन्द्रागिरी हिल्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ ।
कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । संस्थापकतर्फ ८८ प्रतिशत र सर्वसाधरण तर्फ १२ प्रतिशत शेयर स्वामित्व हुने गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार कायम भएको छ ।
सोही पूँजी बराबरको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर कम्पनीले कारोबार योग्य बनाउँन प्रकृया अघि बढाएको हो ।
यस कम्पनीले आईपीओका सबै आवेदकहरुलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट भएका छन् । कम्पनीले २५ प्रतिशत सुविधा २०७८ माघ ४ गतेसम्म प्रदान गर्ने बताएको छ ।