जसपाका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला – Nepal Press

जसपाका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले आज मधेसका जिल्लाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

प्रतिनिधिसभाको विघटन र संवैधानिक अंग, भूमि आयोगलगायतका नियुक्ति असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीको पुत्ला जलाइएको हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा पुत्ला जलाउँदै गरेका नेता/कार्यकर्ताहरूलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

पुत्ला दहन कार्यक्रममा जसपाका प्रदेश सांसदहरू परमेश्वर साह, रामआशिष यादव, केन्द्रीय सदस्य संजय चौधरीलगायतका नेता कार्यकर्ता सहभागी थिए । उनीहरूले ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘संसद पुन:स्थापना गर’ जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर