‘कृषिमा विदेशी लगानी भित्राउँदा साना किसानहरुलाई मर्का नपरोस्’ – Nepal Press

‘कृषिमा विदेशी लगानी भित्राउँदा साना किसानहरुलाई मर्का नपरोस्’

काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मार्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए ।

सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्रयाउँदा नेपालको पुरै कृषि क्षेत्र बिदेशीलाई हस्तान्तरण गरेजस्तै हुने उहाँको भनाई छ । सरकारले ऐन बनाउँदा विशेष ध्यान पु¥याउनुपर्ने उनले बताए ।

यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्राउनु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताए । जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पुर्‍याउनुपर्ने उनको भनाई छ ।

डेरी उद्योग संघका महासचिव प्रल्हाद दाहाल राज्यले पहिले नेपालका किसानलाई प्रतिस्पर्धी हुनसक्ने बनाउनुपर्ने बताउँछन् । त्यसपछि मात्रै विदेशी लगानी भित्राउनुपर्ने उनको धारणा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको बताउँछन् ।

५० करोड भन्दा बढी लगानी गर्ने तथा आफैले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्राइने उहाँले बताउनु भयो । विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताउँछन् ।

किसान र नीजि क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धि बनाउने पनि उनको भनाई छ ।अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *