काठमाडौं । अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि सरकारलाई दबाब दिन बालुवाटारमा प्रदर्शन गरिएको छ । प्रदर्शनको नेतृत्व नेपाल मानवअधिकार संगठनले गरेको छ ।
मंगलबार बिहान १० बजे नक्सालको नारायणचौरबाट शुरू भएको र्याली प्रधानमन्त्री निवास बालुवाटार गेको थियो ।
नारायण चौरबाट शुरू भएको र्याली प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ।
द्वन्द्वको समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि वीर अस्पतालमै अनशन बसिरहेकी छन् ।