‘बलात्कारका विरुद्ध, न्यायका निम्ति’ सडकमा रचनावाचन हुँदै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७७ फागुन १ गते ८:१४
![](https://www.nepalpress.com/wp-content/uploads/2021/02/Against-Rape-For-the-Justice.jpg)
काठमाडौं । ‘बलात्कारका विरुद्ध, न्यायका निम्ति’ मूलनारासहित शनिबार दिउँसो माइतिघर मण्डलामा रचनावाचन हुने भएको छ । मधुवन साहित्यिक प्रतिष्ठान र जोइन्ट भेन्चर टियूको आयोजनामा हुने यो कार्यक्रम दिउँसो १ बजे माइतिघरमा सुरु हुने आयोजकले बताएको छ ।
‘बलात्कारविरुद्ध, न्यायका निम्ति’ सडकमा रचनावाचन कार्यक्रम-२०७७ नाम दिइएको यो कार्यक्रममा नेपालमा बढ्दो बलात्कारको विरुद्धमा रचनावाचन हुनेछन् ।
प्रतिक्रिया