भागरथीको हत्या उनकै सहपाठीबाट, आज सार्वजनिक गरिंदै
कैलाली । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।
भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयकाे कक्षा ११ मा अध्ययनरत युवकले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
आज पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । उनले प्रहरीसमक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसको भोलिपल्ट साँझ मात्र उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।
क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमाेर्टमपछि बलात्कार र हत्या गरिएको पुष्टि भएको थियो । यो प्रकरणले राष्ट्रिय रुप लिएसँगै प्रहरीको ठूलो टोलीले अनुसन्धान गरिरहेको थियो ।
सुदूरपश्चिमकै अर्की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष हुनलाग्दासमेत दोषी पहिचान गर्न नसकेर आलोचित प्रहरीलाई यस प्रकरणमा आरोपीले हत्या स्वीकार गरेपछि ठूलो राहत भएको छ ।
याे पढ्नुस्
निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली
भागरथी हत्या प्रकरण : दोषी देखिन सक्ने व्यक्तिसँग प्रमाण जुधाउँदै प्रहरी
भागरथीको न्याय माग्दै प्रदर्शन (तस्बिरहरू)
भागरथीको बलात्कार र हत्याबारे सत्यतथ्य सार्वजनिक गर्न प्रचण्ड-नेपालको माग