बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ
नेपाल प्रेस
२०७७ फागुन ६ गते १७:२५
ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरको महांकाल गाउँपालिका ४ कालेश्वर खन्तिडाँडाबाट एकजना पक्राउ परेका छन् ।
प्रहरीले मानवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका -८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर