संवैधानिक इजलासमा बहस सकियो, फागुन ११ पछि कुनै पनि बेला फैसला आउने – Nepal Press
प्रतिनिधिसभा विघटन

संवैधानिक इजलासमा बहस सकियो, फागुन ११ पछि कुनै पनि बेला फैसला आउने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पक्ष विपक्ष र एमिकस क्युरीको तर्फबाट बहस गर्ने क्रम आजबाट सकिएको छ । एमिकसर क्युरीका पाँच सदस्यमध्ये गीता संग्रौलाले बहस टुंग्याएपछि फागु ११ गतेपछि कुनै पनि दिन फैसला आउने भएको छ ।

एमिकस क्युरीको राय सकिएपछि फागु १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जति बेला पनि अदालतको फैसला आउने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासमा जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिले रिट दायर गरेका थिए ।
ठिक २ महिनापछि संवैधानिक इजलासमा बहस सकिएको हो । प्रधानन्यायाधीश राणा अध्यक्षताको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी न्यायाधीश सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर