प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु
नेपाल प्रेस
२०७७ फागुन १० गते १७:३५
काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताएका छन् ।
उनले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका हुन् । रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् ।
उनले विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति जनाएका हुन् । रोकाया साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि पनि उनी सोही पदमा छन् ।
प्रतिक्रिया
One thought on “प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु”
Leave a Reply
सम्बन्धित खवर
सोध्ने चलन पनि रहेनछ त पुमा गुटको !