डा. केसीको अनसन स्थगित
नेपाल प्रेस
२०७७ फागुन १२ गते १६:१६
काठमाडौं । डा. गोविन्द केसीले पूर्वनिर्धारित अनसन कार्यक्रम स्थगित गरेका छन् । बुधबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताएका हुन् ।
आज फागुन १२ गतेदेखि अनशन सुरु गर्ने उनको पूर्वनिर्धारित योजना थियो । संविधानमाथिको ओलीको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याएको भन्दै केसीले अनशन स्थगित गरेका हुन् ।
विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म आफ्नो सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउन आफ्नो अभियान निरन्तर रहने उनले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर