कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एकको मृत्यु
नेपाल प्रेस
२०७७ फागुन १३ गते १०:४९
कैलाली । कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका -८ हसुलियामा सेप्टी ट्याङ्कीमा खसेर ५२ वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो ।
आफ्नै घरमा रहेको गोबर ग्यासको सेप्टी ट्याङ्कीमा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर