मोहनविक्रम सिंह भन्छन्ः अब देउवा र ओली मिलेर सरकार बनाउँछन्
नेपाल प्रेस
२०७७ फागुन १३ गते १४:४७
रुपन्देही । मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद पुनःस्थापनासँगै राजनीतिक अस्थिरता र सत्ताको फोहोरी खेल हुने तर्क गर्दै गरेका छन् ।
बुधबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले भने– संसद पुनःस्थापनाले राजनीतिक अस्थिरता बढाउँछ । तर, यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्छ ।
नेपालमा राजनीतिक अस्थिरता बढेसँगै देशीविदेशी शक्तिको चहलपहल बढ्ने उनले बताए । उनले अब ओली पक्षीय नेकपा र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सम्भाबना बढी भएको अनुमान पनि गरे ।
यसअघि सिंहले संसद विघटनको विरोध गर्दै आएका थिए ।
प्रतिक्रिया
2 thoughts on “मोहनविक्रम सिंह भन्छन्ः अब देउवा र ओली मिलेर सरकार बनाउँछन्”
Leave a Reply
सम्बन्धित खवर
संसद पुनःस्थापना गलत भएका कुरा मोहन बिक्रमले कहिल्लै भनेका छैनन । बुटवलको प्रत्रकार सम्मेलनमा पनि भनेका छैनन् । गलत समाचार सम्प्रेषण भयो । नियत कि मिस्टेक ?
झुट समाचार । मसाल संसदको पुनःस्थापनाको पक्षमा सबै भन्दा सुरु देखि अन्तिम सम्म संघर्ष गरेको पार्टी हो । नेपाल प्रेसको झुटको खेती ।