औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ
नेपाल प्रेस
२०७७ फागुन १३ गते १७:५८
विराटनगर । विराटनगरस्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर-३ स्थित एक होटलबाट केहीबेरअघि उनलाई २ लाख घुससहित पक्राउ गरेकाे आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले नेपाल प्रेसलाई जानकारी दिए ।
बन्द भएको फार्मेसीलाई सञ्चालनको अनुमति दिने आश्वासन दिएर सुवेदीले घुस लिएको अख्तियार स्रोतले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर