काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको उपस्थिति झन्पछि झन् बढ्दो छ । कोरोना महामारीपछि कम भएको भीड ‘कोरोना त्रास’ कम भएसँगै बढ्न थालेको हो ।
अरु दिनको तुलनामा शनिबार दक्षिणकालीमा निकै घुँइचो हुन्छ । दक्षिणकाली क्षेत्र विकास समितिका अनुसार शनिबार १५ हजार बढी भक्तजनले मन्दिर दर्शन गर्छन् ।