कांग्रेसलाई सरकारमा जान हतारो छैन: नेता लेखक
कैलाली । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले तत्काल कांग्रेसलाई सरकारमा जान हतारो नभएको बताएका छन् ।
बिहीबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री लेखकले अहिलेसम्म नेकपा नै सरकार सञ्चालन गर्ने हैसियतमा रहेको बताए ।
‘अहिले नेकपाको करिब दुई तिहाइ छ । हामी सरकारमा जान आवश्यक छैन’ उनले भने, ‘कांग्रेसलाई तत्काल सरकारमा जान हतार छैन ।’
आवश्यक परेको अवस्थामा सरकारमा सामेल हुन पनि सकिने उनले बताए । ‘जानै पर्ने अवस्था सृजना भयो भने हामी जान पनि सक्छौँ तर, अहिले त्यस्तो अवस्था छैन’ उनले भने ।
क्रियाशील सदस्यता वितरण छानबिन समितिका संयोजक समेत रहेका लेखकले विप्लव समूहसँग सरकारले गरेको वार्ता सकारात्मक रहेको बताए ।