एपीएफविरुद्ध रोहितको अर्धशतक
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/Rohit-Kumar-Poudel-Half-Century.jpg)
काठमाडौं । आजदेखि सुरु भएको काठमाडौं मेयर्स कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्बलका रोहित कुमार पौडेलले एपीएफविरुद्ध अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि पौडेलले ७१ बलमा ३ चौकासहित अर्धशतक पूरा गरेका हुन् । आर्मीका लागि चौथो नम्बरमा ब्याटिङका लागि क्रिजमा उत्रिएका रोहितले कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ७८ बलमा ७१ रनको साझेदारी गरेका थिए ।
४४.२ ओभरको समाप्तीमा आर्मीले ५ विकेट गुमाएर २०३ रन बनाएको छ । आर्मीका लागि ओपनरद्वय सोमपाल कामी (२८) र लोकेश बम (३०)ले राम्रो सुरुआत गराएका थिए ।
एपीएफका लागि भुवन कार्की र अमरसिंह रौटेलाले २/२ तथा बसन्त रेग्मीले १ विकेट लिएका छन् ।