प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक चैत ३ गते
नेपाल प्रेस
२०७७ फागुन २६ गते १३:३८
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने भएको छ ।
असारयता बहालवाला र पूर्व सांसदसमेत गरी असारयता १४ जना निधन भएका सांसदको शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक २०७७ चैत ३ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।
संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो । संसदको कार्यसूचीमा फेरबदल भएपछि सभास्थल आएका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमै बाहिरिएका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर