माधव नेपालको टिप्पणी- सरकार टिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन
नेपाल प्रेस
२०७७ फागुन २६ गते १४:०८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग सरकार टिकाउनेबारे केपी ओलीले अहिलेसम्म कुरै नगरेको बताएका छन् । सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि अहिलेसम्म ओली र नेपालबीच भेट भएको छैन ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘सरकार टिकाउने कि नटिकाउने भन्नेबारे अहिलेसम्म कसैले छलफल गरेको छैन । आएपछि कुरा गरौंला ।’
अर्का वरिष्ठ नेता झलनाथ खनालले भने ओली नेतृत्वकै सरकार टिकाउने प्रयास आफूहरुको हुने बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर