प्रधानमन्त्रीसँग जसपाले तेर्स्यायो तीन शर्त
नेपाल प्रेस
२०७७ फागुन २७ गते २०:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा आज भएको वार्तामा जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन तीन शर्त अघि सारेको छ ।
पार्टीको बटमलाइन भन्दै जसपाका नेताहरुले ती शर्तहरु राखेका हुन् ।
वार्तामा सहभागी नेता लक्ष्मणलाल कर्णका अनुसार रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशाेधनलाई शर्त बनाइएको छ । यसमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको उनले बताए ।
भोलिदेखि कार्यदल स्तरमा कुराकानी हुने समझदारी पनि बैठकमा भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर