‘काँडा त हाम्रा खुट्टाका साथी थिए’
सुर्खेत । कर्णाली विकट मात्रै होइन, एक स्वर्णिम इतिहास पनि हो । कर्णालीका हरेक गतिविधि इतिहास हुन् । यहाँका पुर्खाले गरेको मिहिनेत, परिश्रम र संघर्षका अवर्णित छ । पचास वर्ष अघिको कर्णाली नुन, सुन र उनमा बाहेक अन्य सबै कुरामा आत्म निर्भर थियो । यतिसम्म कि हिमाली जिल्लावासीले भोटबाट नून ल्याएर पहाडमा अनाजसँग साँट्थे, पहाडका मानछेहरु नून कुरेर बसिरहेका हुन्थे ।
सुनप्रति मान्छेको लालसा उतिबेलैदेखि हो । यहाँका नागरिक नून, सुन र उनका लागि भोट जाने प्रचलन थियो । नजिक बजार नभएको, अन्य सेवा सुविधाबाट बञ्चित भएको भए पनि कर्णाली कला, साहित्य र संस्कृतिमा धनी त थियो नै, खाद्यान्नमा पनि आत्मनिर्भर थियो ।
कर्णाली उत्सवका क्रममा बिहीबार ‘हाट जान्या, भोट जान्यो’ सेसनमा उतिबेला हाट जान किन आवश्यक थियो, हाट कसरी जान्थे भन्ने विषयमा वक्ताहरुले हटारुको इतिहास जोगाईराख्न संग्राहलय खोल्नुपर्ने आवश्यकता महसुस भएको बताए ।
‘गाउँमै प्रसस्त अनाज उत्पादन हुन्थ्यो । कपास खेतीबाट आफैंले कपना बनाइन्थ्यो । तर नून र उनको जोहोका लागि भोट अर्थात हाट जानुपर्ने बाध्यता थियो । सायद त्यतिबेला कणार्लीमा खरिद गर्नुपर्ने सामान नै नुन र उनमात्र थियो,’ सेसनका प्रमुख वक्ता प्रदेश सभामुख राजबहादुर शाहीले स्मरण गर्छन्, ‘म २०३७ सालमा म हिँडेर कैलालीको चिसापानी हाट गएको थिएँ । गाउँबाट घ्यू लगेर उतिबेला नुन र उन लिएर आएको थिएँ ।’ उनले हाट जाने त्यो बेलाको अवस्थालाई चित्रण गर्दै आफूले कपडाको जुत्ताका लागि वुवासँग विद्रोह गरेको सम्झे ।
‘मेरो बुवाले हाटबाट दिदिका लागि नयाँ जुत्ता ल्याउनु भयो । मलाई चाइनिज कपडाको जुत्ता किन नल्याएको भनेर घरमा नै विद्रोह गरेको थिएँ । ती दिन सम्झँदा अहिले बडो अच्चम लागेर आउँछ,’ शाहीले भने ।
उनले वर्षमा एक पटक गाउँका सबै घरबाट हाट जाने प्रचलन रहेको बताए । ‘रातभरि तामाको भाँडामा घ्यू तताउने, मालुको पातमा घ्यू राख्ने र हाटमा विक्री गर्न लैजाने चलन थियो । गाउँमा जसले बढी घ्यू बनायो, जसले धेरै घ्यू बोक्न सक्यो त्यो मान्छेको चर्चा गाउँभरि हुने गथ्र्यो । गाउँमा मानिसहरु त्यहि कारणले पनि बढीभन्दा बढी घ्यू बनाउने प्रतिस्पर्धा गर्थे,’ उनी सम्झिन्छन्, ‘मैले पनि घ्यू लगेर गएको थिएँ । हटारुका लागि छुट्टै डोका हुन्थ्यो, त्यसमा लाम्पातो, बरियो र खकन्दाको प्रयोग गथ्र्यौं । घरबाट हिडेदेखि फर्किउन्जिेलसम्मका लागि खाद्यान्न, बाउसो, आँसी, सुत्ने कपडासमेत लिएर जानुपथ्र्यो ।’
उनका अनुसार उतिबेला हाट जानेहरुले साइत हेराएर जाने गरेका थिए । सबै गाउँलेहरु जाने, अर्को गाउँका हटारुका छोरी मान्छे साथमा भएको भए देउडा खेल्ने, ठाडीभाका गाएर रमाइलो गर्ने चलन पनि थियो ।
पत्रकार नगेन्द्र उपाध्यायले सहजिकरण गरेको उक्त सेसनलाई सम्वोधन गर्दै डोल्पाका समाजसेवी धनराम बुढाथोकीले आठ दिन लगाएर डोल्पाबाट नेपालगन्ज हाट गएको स्मरण गरे । ‘उतिबेला बाटो चौडा थिएन, सडकको कुरा त धेरै टाढाको भयो । हामी हाट गएर नुन ल्याउने र त्यो नुनलाई औउलमा लगेर अनाजसँग साँटने गथ्र्यौं,’ उनी भन्छन्, ‘उतिबेला डोल्पामा हामीले किन्ने भनेको सुन र अनाज मात्रै थियो । अहिलेको जस्तो खाद्यान्न पर्याप्त मात्रामा नपाईने र औलतिर नुन नपाईने भएका कारण भोटबाट हामीले नुन ल्याएर अनाजसँग साँटने गरेका थियौं ।’
उनले डोल्पाबाट २०२५ सालमा १० धार्नी कटुको र अत्तिस लगेर हाट गएको बताए । ‘कटुको र अत्तिस बेचेर मैले सात सय रुपैंया कमाएँ । त्यो सातसय रुपैयाँबाट किन्न सकिने सामान मैले बोक्नै सक्दिनथेँ । धेरै सस्तो थियो त्यो जमाना । सेतो, निलो जिन ८० मिटरको मूल्य ४० रुपैयाँ थियो । सोतो कोराको कपडा १६ देखि २० रुपैयाँमा एक थान पाईन्थ्यो ।’ उनले हटारु हुँदा नयाँ हाट जान थाल्ने व्यक्तिले धेरै काम गर्नूपर्ने चलन त्यतिबेला भएको बताए ।
‘नयाँ हटारु भएको वा कान्छो हटारु भएको खण्डमा धेरै काम गर्नुपथ्र्यो । जस्तो पानी बोकने, भाँडा धुने आदि,’ उनले भने, ‘हटारु हुँदा आफू कान्छो नै भएका कारण जेठो भएर कान्छाहरुलाई त्यसरी काम लगाउने अवसर पाइएन । उतिबेला बबईमा आएर खरानी घस्ने, नयाँ हटारुले पुजा गर्नुपर्ने प्रचलन पनि थियो ।’
त्यतिबेला जुत्ता/चप्पल नपाइने प्रसंग कोट्याउँदै उनले भने, ‘नांगै खुट्टा हिडनुपर्ने अवस्था थियो । काँडा त हाम्रा खुट्टाका साथी नै थिए ।’ उनले चीनमा पर्ने तो धराप भन्ने स्थानमा भोट जाँदा खाना नखाएको स्मरण गरे । ‘त्यहाँ जता हे¥यो उतै मरुभुमि जस्तै लाग्यो । खाना खान मन लागेन सुरुमा’ उनले भने, ‘पछि बानी पर्न थाल्यो ।’
त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. जनक राईले कर्णालीका भूइमान्छेको इतिहास कुनै विश्व विद्यालयमा पढन नपाइने बताए । ‘हटारुका कुरा सुन्दा नयाँ इतिहास जस्तो लाग्यो । यो कुरा कुनै विश्वविद्यालयमा अध्ययन गर्न पाइँदैन । हटारुका अनुभव नै इतिहास हुन् । हाट जाने बेलामा आफूहरुलाई समस्या नपरोस भनेर गाउँमा इस्ट लगाउने, मित लगाउने प्रचलन थियो । डुंगा तर्दा धेरै कुर्न नपरोस भनेर पहिल्यै एक व्यक्तिलाई नाम टिपाउन लगाउने त्यो बेलाको चलन ऐतिहासिक नै हो,’ उनले भने, ‘त्यतिबेलाका भूइमान्छेले गरेका संघर्षका कथा अच्चमका छन् । सामाजिक पुँजी निर्माण गर्न कर्णालीले उहिल्यै सिकिसकेको रहेछ ।’ उनले त्यसबेलाका हटारुले कसरी संघर्ष गरेका थिए भन्ने कुरा सिक्न जरुरी रहेको बताए ।
सभामुख शाहीले त्यतिबेला हाट जाने महिलाहरुको संख्या अत्यन्तै न्यून हुने गरेको बताए । ‘हाट जानेमा सबैभन्दा पहिले बलिया युवाहरुको खोजी हुन्थ्यो । हरेक घरमा युवा भएको खण्डमा युवा नै हाट जान्थे । गाउँमा वृद्ध भएका वा घरमा पुरुष नभएकाहरुका हकमा महिलाहरु जाने गर्थे । विस्तारै त्यो क्रम बढेको थियो,’ उनी सम्झन्छन् ।