पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर – Nepal Press

पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर

काठमाठौं । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहिबार गरी करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रत्येक वर्षजस्तै यस वर्षपनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्हदेखि बिहिबार रातिसम्म सेवा सञ्चालन गरेको थियो ।

शिविरमा केहि आकस्मिक अवस्थाका बिरामी र केही साधारण चेकजाँचका लागि मानिसहरु सहभागी भएका थिए । सेवा प्राप्त गर्ने अधिकांश भक्तजनहरुमा साधारण घाउ, चोटपटक तथा शारिरीक कमजोरी देखिएको थियो ।

पशुपतिनाथमा अघिल्ला वर्षहरुमा जस्तो भीडभाड नभए पनि स्वास्थ्य प्रतिको सबैको चासो बढेका कारण शिविर स्थलमा थुप्रै भक्तजनहरुले अवलोकन गरेका थिए । शिविरमा ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसंगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउदै जाने महाप्रबन्धक विजय रिमालले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *