विभिन्न सेवामा ६८ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौँ । सरकारले ६८ शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । यसै साता बसेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालय बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङन र कार्यक्षमताको आधारमा उपसचिव बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको सचिवालयका अनुसार राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४४, लेखा समूहमा ८, राजश्व समूहमा ७, नेपाल लेखा परिक्षण सेवामा ५, पुरातत्व, तथ्यांक समूह र नेपाल विधि सेवामा एक-एक गरी ६८ जना उपसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।
समितिले सिफारिस गरेपछि बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरिसकेको छ । कसैले उजुरी नगरे ६८ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।
सामान्य प्रशासन सेवा समूहमा बढुवा सिफारिस भएका ४४ जना
लेखा समूहमा बढुवा सिफारिस भएका ८ जना
राजश्व समूहमा बढुवा सिफारिस भएका ७ जना
लेखापरिक्षण सेवामा बढुवा सिफारिस भएका ५ जना
नेपाल वन सेवा वोटानी समूहमा बढुवा सिफारिस भएका १ जना
नेपाल तथ्यांक समूहमा बढुवा सिफारिस भएका १ जना
नेपाल पुरातत्व समूहमा बढुवा सिफारिस भएका १ जना
नेपाल विविध सेवामा बढुवा सिफारिस भएका १ जना