जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो लहान मालपोत बम विस्फोटको जिम्मा – Nepal Press

जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो लहान मालपोत बम विस्फोटको जिम्मा

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका छन् । ‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी दिइएको छ ।

घटनास्थल वरपर सो समूहको पर्चासमेत भेटिएको थियो ।

दिउँसो पौने बजे कार्यालयको मोठ फाँटमा गराइएको विस्फोटमा नायब सुब्बासहित ८ जना घाइते भएका थिए । गम्भीर घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं र विराटनगर पठाइएको छ ।

बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर