आगामी फिल्मका लागि केकीले खौरिइन् कपाल, बैशाखदेखि सुटिङ सुरु हुने
काठमाडौं- पछिल्लो समय कलाकारहरु चरित्रमा डुब्नको लागि आफ्नो गेटअप र लुक्सलाई परिवर्तन गर्ने मामिलामा अघि बढ्न थालेका छन् ।
केही समयअघि सुरक्षा पन्तले फिल्म आमाको लागि कपाल खौरियर चर्चा कमाइन् । अभिनेत्री केकी अधिकारीले पनि यो स्टाइललाई फलो गरेकी छिन् । उनले आउने फिल्मको पात्र लुक्समा आफूलाई बदल्दै कपाल खौरिएकी छिन् ।
नेपाल प्रेससँग कुरा गर्दै अधिकारीले आउने एक फिल्ममा पात्र लुक्सको लागि कपौल खौरिएको बताइन् । बैशाखदेखि छायांकन सुरु हुने फिल्मबारे उनले खुलाइनन् तर उक्त फिल्ममा केकीको बोल्ड क्यारेक्टर हुने भएकैले कपाल खौरिएको उनको भनाई छ ।
उनले इन्स्टाग्राममार्फत क्यारेक्टर लुक्स आउट गरेकी हुन् । केकीको मुख्य भूमिका रहेको फिल्म बोक्सीको घरको छायांकन अहिले भैरहेको छ र आउने साता इन्ड–कल्याप हुने तयारीमा छ ।