ग्रीनलाइफ हाइड्रोको कारोबार शुरू
नेपाल प्रेस
२०७७ चैत ३ गते १२:०५
काठमाडौं । ग्रीन लाइफ हाइड्रो कम्पनीको सेयर कारोबार आजबाट शुरू भएको छ ।
यस कम्पनीको कारोबारको मूल्य २ सय ९९ रूपैयाँको रेन्जबाट शुरू भएको हो । नेप्सेको पछिल्लो कारोबारमा यस कम्पनीको डिमाण्ड प्रेसर देखिएको छ ।
यस कम्पनीको सेयरमा बाइङ प्रेसर बढ्दा मूल्य करिब ९.७ प्रतिशत अर्थात २९ रूपैयाँ बढेको छ ।
हाल यस कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताको संख्या ३६ लाख छ भने बेच्नेको संख्या शून्य देखिन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर