लाभांश र बन्डको विषयमा नेप्सेले नीफ्रालाई सोध्यो प्रष्टीकरण – Nepal Press

लाभांश र बन्डको विषयमा नेप्सेले नीफ्रालाई सोध्यो प्रष्टीकरण

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को लाभांश र बन्डको विषयलाई लिएर नेप्सेले प्रष्टीकरण सोधेको छ ।

नीफ्राले लाभांश र बन्ड जारी गर्ने विषयमा नेप्सेलाई जानकारी नगराइ मिडियामार्फत प्रचार–प्रसार गरेको भन्दै नेप्सेले यसको जवाफ तीन दिन भित्रमा दिन पनि बताएको छ।

बैंक तथा वित्तीय संस्थाका लागि बन्ड जारी गर्ने विषय के कति सत्य हो  ? इन्स्योरेन्स कम्पनीले खरिद गर्ने बन्ड जारि गर्ने विषय सत्य हो कि होइन ? ३० मिलियन डलरको बन्ड जारी गर्ने र लण्डन स्टक एक्सचेन्जमा सूचिकृत गराउने विषय के हो ? यसको सत्य–तथ्य के  हो ?

रणनीतिक साझेदार भित्र्याउनकोसँग के–कस्ता छलफल गरिएको छ ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ?

साथै ८.५ प्रतिशतको ब्याज तोकी कम्पनीले बण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने समचार कति सत्य हो ? लगायतका प्रश्न नेप्सेले नीफ्रालाई सोधेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *