संकट समाधान गर्न विष्णु रिजालले अघि सारे २ विकल्प
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले राजनीतिक संकट समाधान गर्न २ विकल्प अघि सारेका छन् ।
माधवकुमार नेपाल पक्षधरका नेता रिजालले ट्वीटमार्फत केपी ओली नेतृत्वको सरकारकै निरन्तरता वा ओलीकै नेतृत्वमा आउँदो मंसीरमा चुनावको विकल्प देखाएका हुन् ।
उनले लेखेका छन्, ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्- १. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा २. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन ।’
अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्:
१. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा
२. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन— Bishnu Rijal (@bishnurijal1) March 23, 2021
बुद्धि पलाएछ