बयान फेरेका अभियुक्तसँग मिल्यो भागरथीको स्वाबको डीएनए – Nepal Press

बयान फेरेका अभियुक्तसँग मिल्यो भागरथीको स्वाबको डीएनए

कैलाली । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्ट र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मिलेको छ ।

आरोपित भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दिनेशले आफूले बलात्कारपछि हत्या गरेको शुरूमा स्वीकारेका थिए । तर, केही दिनअघि एक कर्मचारी र अर्का एक व्यक्तिको संलग्नता रहेको भन्दै बयान फेरेका थिए ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल प्रेसलाई बताए ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी भागरथीको माघ २१ मा बलात्कारपछि हत्या गरिएको थियो । प्रहरीले घटनामा संलग्नताको आरोपमा फागुन ४ गते दिनेश भट्टलाई पक्राउ गरेको थियो ।

आरोपीसँग मृतकको डीएनए मिलेपछि भट्टकै संलग्नता रहेको आधार बलियो भएको प्रहरी अधिकारीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *