ढुंगामा च्यापिएर बालकको मृत्यु
नेपाल प्रेस
२०७७ चैत १५ गते ११:२५
सुर्खेत । दैलेखमा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।
नौमुले गाँउपालिका- ३ बालुवाटाका ११ वर्षीय प्रकाश दर्लामी मगरको ढुंगाले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । शनिबार बिहान द्वारी खोला क्षेत्रमा काफल खान गएका ती बालकको फर्कने क्रममा खेल्दै गर्दा खोलाको ढुंगा पल्टिएर मृत्यु भएको हो ।
बालकको शव परीक्षणको लागि दैलेख अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर