प्रदूषणबाट बालबालिकालाई जोगाउन विद्यालय बन्द गराउने छलफलमा छौं: प्रधानमन्त्री
नेपाल प्रेस
२०७७ चैत १६ गते १४:०९
काठमाडौं । देशभर व्याप्त भएको वायू प्रदूषणका कारण सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।
चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले सो जानकारी दिएका हुन् ।
‘अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौ । छिट्टै निर्णय लिइन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर