नेप्सेमा सामान्य गिरावट, चार अर्ब बढीको कारोबार
काठमाडौं । नेप्से परिसूचक सोमबार ५. ४५ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से २५४३.५२ विन्दुमा रोकिएको छ । आज ९१ लाख ३८ हजार ९३५ कित्ताको किनबेचमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज चन्द्रागिरिको शेयर मूल्य ३४ दिन पछाडि पहिलो पटक ७.१६ प्रतिशतले घटेको छ । आज २०९ ओटा कम्पनीको शेयर कारोबारमा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेको छ ।
इन्फ्रास्ट्रकचरको शेयर कारोबार ४४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, अपर तामाकोशीको शेयर कारोबार ३८ करोड रुपैयाँ बराबरको भएको छ ।
चन्द्रागिरिको कारोबार रकम ३७ करोड रुपैयाँ बराबरको भएको छ । आज जलबिद्युत, लघुवित्त, फाइनान्स बाहेक सबै समूहको शेयर मूल्य घटेको छ ।