सुरेन्द्र र घनश्याम पनि एमालेबाट ६ महिनाका लागि निलम्बित (पत्रसहित)
काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
‘एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्यताबाहेक) तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ,’ पत्रमा भनिएको छ ।
ओलीले यसअघि पार्टीका शिर्ष नेता माधवकुमार नेपाल र पूर्व उपाध्यक्ष भिम रावललाई पनि कारवाही गरिसकेका छन् । उनीहरुलाई पनि ६ महिनाका लागि निलम्बन गरिएको छ।
हेर्नुस घनश्यामलाई लेखिएको पत्र
मलाइत ठिक लाग्यो । अति गर्नु रे चार नगर्नु रे ।यिनिहरुले अत्याचार गरेका हुन । कति चढेका ।मान्छेको सिमा हुन्छनी अधिबेशन बाट चुनिएका आफ्ना अध्यक्ष लाई साधारण सदस्यता बाट हटाउने ।र एउटा ब्यत्तिलाइ अध्यक्ष बनाउने ।