माधव पक्षलाई सूर्य थापाको सुझाव– आत्मनिन्दाको बाटो त्यागी संयमित हुनुस्, नत्र बिजोग होला – Nepal Press

माधव पक्षलाई सूर्य थापाको सुझाव– आत्मनिन्दाको बाटो त्यागी संयमित हुनुस्, नत्र बिजोग होला

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समानान्तर गतिविधि र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागेर संयमित हुन माधव नेपाल पक्षलाई सुझाव दिएका छन् ।

माधव पक्षले देशव्यापी अभियान घोषणा गर्न लागेकै बेला थापाले अँध्यारो सुरुङमा माधव समूह फस्दै गएको भन्दै बिजोग हुनबाट जोगिन सुझाव दिएका हुन् ।

थापाले भनेका छन्– माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरुङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन । साथमा न पार्टी, न चुनाव चिह्न, न त राजनीति नै छ । गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरुरी छ । नभए बिजोग होला हौ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर