यस्तो बन्यो बागमती प्रदेशमा नेपाल पक्षको समानान्तर कमिटी (सूचीसहित)
काठमाडौं । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको नेकपा (एमाले)को माधव नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।
माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा कार्यक्रम आयोजान गरि कमिटी घोषणा गरिएको हो ।
शाक्य नेतृत्वको कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई छन् । त्यस्तै सचिवमा रचना खड्का चयन भएकी छिन्।
सदस्यमा सदस्यमा बसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन्।
हेर्नुहोस् सूची