लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती घाइते
२०७७ चैत २९ गते ६:२१
जनकपुरधाम । सिरहाको लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् ।
मृतकको नाम खुल्न सकेका छैन ।
लुटेराले ती युवकका श्रीमतीमाथि समेत गोली हानेको र उनलाई उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । एसपी भण्डारी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए ।
श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर