प्रधानमन्त्री भन्छन्- लकडाउनको हल्ला चलाइयो, तर सरकार सकेसम्म त्यसमा जान चाहँदैन
नेपाल प्रेस
२०७८ वैशाख १ गते ८:४१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् ।
आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको उनले दावी गरे।
सिंहदरबारबाट टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्र भनको हुँ ।’
प्रतिक्रिया
सम्बन्धित खवर