‘फेक डकुमेन्ट’ सम्प्रेषण गर्नेमाथि प्रेस काउन्सिलको एक्सन, दर्ता नभएका पोर्टल बन्द गर्न प्राधिकरणलाई पत्राचार
काठमाडौं । प्रेस काउन्सिल नेपालले भारतीय गुप्तर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच लिखित सहमति भनी विभिन्न न्युज पोर्टलहरुमा सम्प्रेषित सामाग्री भ्रामक र तथ्यहीन रहेको भन्दै २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।
काउन्सिलले शुक्रवार विज्ञप्ति जारी गरी वैशाख २ गते अपरान्हदेखि बिना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिदै सञ्चारमाध्यमको जिम्मेवारीबोधको समेत ख्याल नगरी तथ्यहीन,पुष्टि नभएका सामाग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध एवम् भाइचारको सम्बन्धमा गम्भीर असर पु¥याउन खोजेको जनाएको छ ।
काउन्सिलले सूचना विभागमा दर्ता नभएका दुईवटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन सनक्ने गरि बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
यसैबीच गोप्य सम्झौताको ‘अनिअफिसियल ट्रान्सलेसन’ भनी फेक डकुमेन्ट बाहिर ल्याउने उज्यालो नामक वेबपोर्टलका सन्चालक बुद्ध लोप्चनलाई प्रहरीले खोजी गरिरहेको छ । उनी सो फेक डकुमेन्ट भाइरल भएपछि फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
शुरुमा यो फेक डकुमेन्टको बारेमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो । साइबर ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौंलाई जिम्मा लगाएको स्रोतले जनाएको छ ।
अब आप्mनो अनलाइन न्युज पोर्टल वा दैनिक पत्रपत्रिका अथवा साप्ताहिक पत्रपत्रिकामा कुनै संघ, संस्था वा कुनै व्यक्तिका विरुद्ध बिना आधार, प्रमाण र तथ्यहीन वा अनर्गल रुपमा कसैलाई उचालेर (फेक नाममा) लेख, रचना वा फिचर लेखाउने अनलाइन न्युज पोर्टल वा दैनिक पत्रपत्रिका अथवा साप्ताहिक पत्रपत्रिकाहरुलाई पनि ‘प्रेस काउन्सिल नेपाल’ले एक्सन लिनुपर्यो ।
जस्तो ‘तुवाचुङ’ नामक अनलाइनले मिति २०७७ माघ ९ गते कुलुङ समुदायमा बदनामी कमाएका एकजना दाजुले लेखेको (उनलाई लेखाईएको हो कि !) नक्कली वा फेक नेम ‘शरण राई !’ को नाममा ‘चाक्चाकुर तथ्यहीन काल्पनिक चाड’ र माघ २० गते ‘कृष्ण सोताङ !’ को नक्कली नाममा ‘राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?’ शीर्षकको लेख प्रकाशित भएको थियो ।
अभैm पनि ती लेखहरुको लेखकको सक्कली नाम र ती मान्छेहरु साँच्चै (‘शरण राई !’ र ‘कृष्ण सोताङ !) उनीहरु अलग्गै मान्छेहरु नै हुन् भने पुनः ती मान्छेहरुको फोटा, इमेल र मोबाइल नम्बरसहित ती लेखहरु (‘चाक्चाकुर तथ्यहीन काल्पनिक चाड’ र ‘राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?’) शीर्षकको लेखहरु ‘तुवाचुङ’ नामक अनलाइनले छापोस् । होइन भने, हामीले ती दुई नक्कली नाममा लेखिएको लेख छाप्ने ‘तुवाचुङ’ नामक अनलाइन विरुद्ध कहाँ उजुर–वाजुर गर्नुपर्ने हो ? जानकारी पाउँ !?