लुम्बिनी प्रदेश सरकारका नयाँ चार मन्त्रीले लिए सपथ
नेपाल प्रेस
२०७८ वैशाख ६ गते १६:५५
लुम्बिनी। लुम्बिनी सरकारमा थपिएका चारजना मन्त्रीले सपथ लिएका छन् ।
आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए ।
एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।
विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी नयाँ मन्त्री बनेका हुन् ।
प्रतिक्रिया