गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते
नेपाल प्रेस
२०७८ वैशाख ६ गते १७:१२
पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते डाकिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते विशेष अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेचरनले २ गते मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेका थिए । सोही समयमा मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्तावअघि हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै तीनै दलले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर