सारीमा सल्केको आगोले छोरीको ज्यान गयो, आमा गम्भीर घाइते – Nepal Press

सारीमा सल्केको आगोले छोरीको ज्यान गयो, आमा गम्भीर घाइते

रूपन्देही । दाङमा एक बर्षिया बालिकाको आगोमा जलेर मृत्यु भएको छ।

जिल्लाको राप्ती गाउँपालिका- ५ कालापानी निवासी पुनाम सुनारकी १ बर्षिया छोरी विना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिएको छ।

हिजो सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किदा आमा र बालिका जलेर घाइते भएका थिए ।

लमही अस्पतालमा उपचारको क्रममा आज बिहान बालिकाको मृत्यु भएको हो । ४४ वर्षकी आमा पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर