थाई पर्यटक धेरै भित्र्याउन सहकार्य गर्नेबारे छलफल – Nepal Press

थाई पर्यटक धेरै भित्र्याउन सहकार्य गर्नेबारे छलफल

काठमाडौं । नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फबीच मंगलवार भएको भेटवार्तामा एक-अर्को देशको पर्यटन प्रर्वद्धनमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

भेटका क्रममा नेपालमा थाइल्याण्डबाट आउने र नेपालबाट थाइल्याण्ड जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा आपसी सहकार्य गर्न सके दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने विषयमा छलफल भएको थियो ।

बोर्डका सीईओ रेग्मीले नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्याण्ड बौद्धमार्गी देश भएकोले नेपाल थाइल्याण्डको लागि धार्मिक पर्यटनस्थल भएको बताए । गौतम बुद्धजन्मस्थल लुम्बिनीमा वार्षिक करिब तीन हजार थाई पर्यटकले भ्रमण गर्ने गरेको उल्लेख गर्दै सीईओ रेग्मीले वुद्धसँग जोडिएका अन्य स्थानहरूमा समेत थाई पर्यटकलाई लैजाने गरी ती क्षेत्रको विकासमा बोर्डले पहल गरिरहको बताए ।

लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको अवधारणा गर्ने अनुरुप काम भइरहेको पनि उनले जानकारी दिए ।

भेटका क्रममा थाई राजदूत भोषिता भोरस्पले नेपाल र थाइल्याण्डबीच धार्मिक सांस्कृतिक सम्बन्ध सुमधुर रहेको बताउँदै थाई र्यटकका लागि लुम्बिनी प्रमुख आर्कषण भएको बताए । लुम्बिनीमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्टिय विमानस्थलको निर्माणपछि थाइ पर्यटक बढ्ने सक्ने बताए । उनले थाइल्याण्डमा नेपालको प्रर्वद्धन गर्न आफू सकारात्मक रहेको समेत बताए ।

कोभिड-१९ को पछिल्लो अवस्था हरेर दुवै देशले आपसी सहयोग र प्रवर्द्धनले जोड दिने भएका छन् । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देशमध्ये पर्दछ । सन् २०१९ मा ४१ हजार ६५३ जना थाई पर्यटकले नेपाल भ्रमण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर